Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा

  • बिहिवार, फाल्गुण २० २०७७

  • 1.1K
    SHARES

  • बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा

    एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो ।

    बार्सिलोनाले पहिलो लेगमा सेभियासँग २–० को हार व्यहोरेको थियो । तर, बार्सिलोनाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्यो ।

    क्याम्प नोउमा बर्सिलोबालाई जित दिलाउन ओसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।
    खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

    खेलको ७३ औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पायो । तर,लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले उत्कृष्ट बचाऊ गरे ।

    खेलको इन्जुरी समयमा फेर्नान्डोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटियो । इन्जुरी समयको चौंथो मिनेटमा बार्सिलोनाका पिकेले गोल गरेपछि बार्सिलोनाले २–० को अग्रता बनायो ।

    पिकेको गोलसंगै बार्सिलोना र सेभियाबीचको खेल समग्रमा २–२ को अवस्थामा पुग्यो । र, खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    अतिरिक्त समयमा बार्सिलोनाका ब्रेथवेट चम्किए । उनले ९५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

    यस्तै खेलको १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो ।

    यस जितसँगै बार्सिलोनाले सेभियालाई समग्रमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

    अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्ने छ । पहिलो लेगमा दुई टोलीले १–१ गोलको बराबरी खेलेका छन् ।


    बिहिवार, फाल्गुण २० २०७७०८:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij