Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

पूर्वप्रधानन्यायाधीश सिंहको निधनको शोकमा आज देशभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश सिंहको निधनको शोकमा आज देशभरका अदालत बन्द

आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति सर्‍र्यो
  • बिहिवार, फाल्गुण २० २०७७

  • 1.2K
    SHARES

  • पूर्वप्रधानन्यायाधीश सिंहको निधनको शोकमा आज देशभरका अदालत बन्द

    काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार (आज) एक दिन देशभरका अदालतमा बिदा दिएको छ ।

    सर्वोच्च अदालतको बुधबार (हिजो) बसेको आकस्मिक बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

    सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालत विज्ञप्तीमार्फत जनाएको छ ।

    सर्लाही जिल्लामा १९८८ सालमा जन्मिनु भएका सिंहले २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ गतेसम्म काम गर्नुभएको थियो ।

    संविधान र कानुनमा दख्खल राख्ने निर्भीक, सरल, विवेकशील, मृदुभाषी, न्यायिक व्यक्तित्व स्वर्गीय सिंह आर्दश व्यक्ति रहेको सर्वोच्च अदालतले विज्ञप्तीमार्फत जनाएको छ ।

    यसैबीच, अदालतमा आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ ।

    यसअघि गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।

    तात्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।

    आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गर्नुभएको थियो ।


    बिहिवार, फाल्गुण २० २०७७०८:१२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij