काठमाडौं । बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।
कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको छ ।