Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

दोभान आगलागी : ४९ घर जलेर नष्ट, आगो अझै पूर्ण नियन्त्रणमा आएन

दोभान आगलागी : ४९ घर जलेर नष्ट, आगो अझै पूर्ण नियन्त्रणमा आएन

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 1.4K
    SHARES

  • दोभान आगलागी : ४९ घर जलेर नष्ट, आगो अझै पूर्ण नियन्त्रणमा आएन

    काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ४९ घर जलेर नष्ट भएका छन् ।
    आगलागीबाट ती घरमा रहेका करिब १२० वटा पसल जलेको ताप्लेजुङ प्रहरीले जनाएको छ । ।

    बस्तीमा लागेको आगो केही निमन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगो लाग्न थालेपछि खतरा झनै बढेको छ । अहिले बजारको बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ ।

    स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ । आगो आज बिहान १० बजेदेखि लाग्न थालेको हो । करिब मध्यान्ह १२ बजेतिर आगो केही हदसम्म नियन्त्रणमा पनि आएको छ । तर, पूर्णतः नियन्त्रणमा आउन सकेको छैन ।

    स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायतको उपस्थितिमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो भित्रभित्रै बलि रहेकाले अझै सल्कने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।


    मंगलवार, फाल्गुण १८ २०७७०२:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij