Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

बेपत्ता २१ वर्षीया सम्झना बोहराको शव घर नजिकै फेला

बेपत्ता २१ वर्षीया सम्झना बोहराको शव घर नजिकै फेला

  • सोमवार, फाल्गुण १७ २०७७

  • 1.3K
    SHARES

  • बेपत्ता २१ वर्षीया सम्झना बोहराको शव घर नजिकै फेला

    काठमाडौं । माघ १९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो ।

    घरनजिकै सय मिटर अगाडि झाडीमा टाउको बोरामा राखेको र स्याउलाले ढाकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
    शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ बुहारी बेपत्ता भएको दुई दिनपछि सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    अघिल्लो दिन उनले जेठाजु बुहारी कोठामा बसेको र त्यसलगत्तै जेठाजुसँग बुहारी भागेको बयान प्रहरीमा दिएकी थिइन् ।

    सम्झनाका श्रीमान नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् । ३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो थिएन ।


    सोमवार, फाल्गुण १७ २०७७०७:१७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij