Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

‘कानून कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक’

‘कानून कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक’

  • सोमवार, फाल्गुण १७ २०७७

  • 827
    SHARES

  • ‘कानून कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक’

     

    काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले कानून कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ।

    १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार (आज) सिंहदरबारमा आयोजित पत्रकार महिलाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष दाहालले कानून कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चारमाध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताउनुभयो।

    संसदले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानूनहरु बनाएको भए पनि तिनको कार्यान्वयन पक्ष निकै फितलो रहेको चर्चा गर्दै उपाध्यक्ष दहालले त्यसका लागि सञ्चार क्षेत्रले कानून कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई खबरदारी गरिरहनुपर्ने बताउनुभयो।

    पदीय दायित्वले गर्दा संसदमा आफूले प्रत्यक्ष रुपमा आम चासो, चिन्ताका विषयहरु उठाउन नसके पनि अन्य सांसदहरुमार्फत् ती आवाजहरु उठाउने भन्दै उपाध्यक्ष दहालले लैंगिक विभेद, महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न आफ्नो ठाउँमा सक्दो कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा सहभागी पत्रकार महिलाहरुले नेपालमा कानून निर्माण पर्याप्त भए पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका थिए। 

    कानून निर्माण भइसकेपछि त्यसको कार्यान्वयन नभएको, अदालतले गरेको फैसलाको समेत कार्यान्वयन गराउन निकै झन्झटिलो प्रक्रियाबाट गुज्रिनु परेको, कानून कार्यान्वयन भए÷नभएको अनुगमन र खबरदारी गर्ने संयन्त्र नै नभएजस्तो अवस्था रहेको सहभागीहरुले बताएका छन्।

    संसदमा सञ्चार र लैंगिक सवालसँग जोडिएका थुप्रै विधेयकहरु प्रक्रियामा रहेको चर्चा गर्दै सहभागीहरुले कानून निर्माणको चरणमै गम्भीर छलफल र अध्ययन गरेर मात्रै ऐन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। 

    कतिपय विधेयकहरु लामो समयदेखि संसदमै थन्किएका बताउँदै उनीहरुले ऐन कानून नहुँदाको समस्या र बनेका कानूनहरु कार्यान्वयन नहुँदाको समस्या उत्तिकै रहेको बताएका थिए। कानून निर्माणमा लैंगिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने भन्दै सहभागीहरुले कार्यान्वयनमै मुख्य समस्या रहेकोमा जोड दिएका थिए।

    संघीय संसद सचिवालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले गर्नुभएको थियो।


    सोमवार, फाल्गुण १७ २०७७०७:०९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij