Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

किन रोकियो मङ्सिरपछिका लाइसेन्स छपाइको काम ?

किन रोकियो मङ्सिरपछिका लाइसेन्स छपाइको काम ?

  • सोमवार, फाल्गुण १७ २०७७

  • 950
    SHARES

  • किन रोकियो मङ्सिरपछिका लाइसेन्स छपाइको काम ?

    काठमाडौं । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ ।

    विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको हो । मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी छन् ।

    कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो ।

    ‘पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई वितरण गर्ने गरी बाँकी कार्ड छापिरहेका छौं,’ उहाँले भन्नुभयोे ।

    कार्ड अभाव भएपछि विभागले दुई साताअघि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एण्ड सोलुसनसँग नयाँ कार्ड खरीदका लागि सम्झौता गरिसकेको छ ।
    विभागले १४ करोड (१२ लाख ४ हजार अमेरिकी डलर)मा उक्त कम्पनीलाई ठेक्का दिएको हो ।

    गत भदौ दोस्रो साता स्मार्ट लाइसेन्स कार्डका लागि ठेक्का आह्वान गरिएकोमा मलेशियाको कम्पनी आइरिस बर्हाड कर्पोरेसन, फ्रान्सेली कम्पनी एसईएलपी र भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले आवेदन दिएका थिए ।

    यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


    सोमवार, फाल्गुण १७ २०७७०७:१४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij