Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन

  • शनिवार, फाल्गुण १५ २०७७

  • 778
    SHARES

  • एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन

    काठमाडौं । एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

    पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको स्वस्थानी ब्रत आज विधिपूर्वक समापन हुँदै छ ।

    पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् ।

    त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदै छ ।

    शनिबार (आज) मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार (भोली) बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने विधि रहेको छ ।


    शनिवार, फाल्गुण १५ २०७७०८:४४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij