Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

तारकेश्वरमा फेरि बर्डफ्लु पुष्टि, कुखुरा,अण्डा र दाना नष्ट

तारकेश्वरमा फेरि बर्डफ्लु पुष्टि, कुखुरा,अण्डा र दाना नष्ट

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 781
    SHARES

  • तारकेश्वरमा फेरि बर्डफ्लु पुष्टि, कुखुरा,अण्डा र दाना नष्ट

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु पुष्टि भएको छ । बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको छ ।

    विक्रम गौतम र कमल गौतमको फार्मका ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको सरकारी अनुगमन टोलीले जनाएको छ । फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १ हजार ४ सय ५० किलो दाना पनि नष्ट गरिएको छ ।

    यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला र फार्ममा रहेको ७ सय ५० किलो दाना नष्ट गरिएको छ ।

    सम्झना ठकुरी तिवारीले पालेका २ हजार ७६ वटा ब्रोइलर र १ हजार ७ वटा लोकल कुखुरा तथा शान्ता खनालले पालेका १०० लोकल कुखुरा र २ वटा टर्की पनि मारेर खाल्डोमा पुरिएको छ ।

    तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

    यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताउनुभयो ।


    शुक्रवार, फाल्गुण १४ २०७७०९:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij