Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नेपालमा बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

नेपालमा बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 630
    SHARES

  • नेपालमा बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

    काठमाडौं । सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि बाँके जिल्ला सो रोगको अत्यधिक जोखिममा रहेका बेलासमेत भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात भने रोकिएको छैन ।

    काठमाडौँ र सुर्खेतमा बर्डफ्लु भेटिएपछि प्रहरी प्रशासनले भारतबाट कुखुरा आयात गर्न नदिने बताइरहेको छ । यही बेला दुई दिनको अन्तरालमा भारतबाट अवैध रूपमा ल्याइएका १४ क्विन्टल अवैध कुखुरासहित सात मोटरसाइकल र सात तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बर्डफ्लुको उच्च जोखिम हुँदा पनि कुखुराको अवैध आयात भने जारी रहेको सो घटनाले पुष्टि गरेको छ । सिमानामा खटिएको सशस्त्र प्रहरीले बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाबाट १४ क्विन्टल अवैध कुखुरा, मोटरसाइकल र तस्करलाई नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरीको खडैचा बीओपीबाट सशस्त्र प्रहरी टोलीले बुधबार डुडुवा गाउँपालिका–१, पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको हा ।

    टोलीले कुखरासहित सात मोटरसाइकल र सात तस्करलाई समेत पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले जानकारी दिनुभयो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    शुक्रवार, फाल्गुण १४ २०७७०७:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij