केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी–पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ । बाढी र पहिरोमा परी लमजुङमा १४० घरपरिवारका ५ सय जना र सिन्धुपाल्चोकमा ६७ घरपरिवारका सदस्यहरु विस्थापित भएका छन् ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार भौगोलिक विकटताका कारणबाढी र पहिरोमा परेकाहरुको उद्धारमा कठिनाई भएको छ । महर्जनले अहिलेसम्म हराइरहेका २२ जना नभेटिएको र उद्धारमा गम्भीर भएर लाग्दा पनि भौगोलिक विकटताका कारण कठिन भएको र भोटेकोशीले बगाइसकेको अनुमान गरिएको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।