Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

छुवाछुत अन्त्य गर्न सहभोज (फोटो फिचरसहित) !

छुवाछुत अन्त्य गर्न सहभोज (फोटो फिचरसहित) !

  • सोमवार, फाल्गुण १० २०७७

  • 1.3K
    SHARES

  • छुवाछुत अन्त्य गर्न सहभोज (फोटो फिचरसहित) !

    काठमाडौं । नेपाली समाजमा विद्यमान छुवाछुत हटाए सहअस्तित्व कायम गर्न भन्दै नेपाल गृहस्थ धर्म सेवा सदनले आज काठमाडौंमा सहभोज कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न जात–जातिका सहभागिहरुले सँगै खाना खाएर छुवाछुत अन्त्य गर्ने अठोट गरेका थिए ।

    IMG_7454.JPG

    ‘सहभोज कार्यक्रम तथा पत्रकार सम्मेलन’ नाम दिइएको सो कार्यक्रममा पूर्वरक्षामन्त्री भीमसेनदासले कसैले कसैलाई पनि जातीय विभेद गर्न नहुने बताउनुभयो ।

    IMG_7449.JPG

    त्यस्तै, पूर्वमेयर राजाराम श्रेष्ठले नेपाल धर्म सापक्ष राष्ट्र हुनु पर्नेमा जोड दिँदै धर्ममा भएर विकृति र विसङ्गतिलाई भने हटाउनुपर्ने बताउनुभयो ।

    IMG_7417.JPG

    कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलाले अब घरघरबाट छुवाछुत हटाएर सद्भाव, सह–अस्तित्व र सांस्कृतिक समानता कायम गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधिहरुले समेत जातीय छुवाछुतको अन्त्य गर्दै समानता कायम गर्नुपर्नेमा जोड दिएका थिए ।

    IMG_7435.JPG

    रानीदेवी पाटी प्यालेस सामाखुसीमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष आचार्य गुरु तुलसीराम पोखरेलले वैदिक समाजजाद र वैदिक साम्यवादको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो कार्यक्रमे थियो ।


    सोमवार, फाल्गुण १० २०७७०२:११:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij