Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
ला लिगा फुटबल :

मेसीको टिम बार्सिलोना काडिजसँग बराबरीमा

मेसीको टिम बार्सिलोना काडिजसँग बराबरीमा

  • सोमवार, फाल्गुण १० २०७७

  • 863
    SHARES

  • मेसीको टिम बार्सिलोना काडिजसँग बराबरीमा

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकिएको छ ।

    गएराति भएको खेलमा बार्सिलोना र काडिजले १–१ गोलको बराबरी गरेका हुन् ।

    खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि यसलाई जोगाइराख्न नसक्दा खेल बराबरीमा पुगेको थियो ।

    खेलको ८९ औं मिनेटमा काडिजका एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

    बराबरीसँगै तेस्रो स्थानमा रहेको बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ। यस्तै, गएराति नै भएका खेलमा रियल सोसिडाड र हुएस्का विजयी भएका छन् ।

    रियल सोसिडाडले एल्लाभेसलाई ४–० गोल अन्तरले हरायो भने हुएस्काले ग्रानडालाई ३२ गोल अन्तरले हरायो । यस्तै, एट्लेटिको बिल्वाओ र भिल्लारियलले भने एकरएक गोलको बराबरी गरेका छन् ।


    सोमवार, फाल्गुण १० २०७७०८:३४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij