Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पहिरोले विस्थापित नागरिकको पीडा , खाने अन्न छैन, बस्ने घर छैन

पहिरोले विस्थापित नागरिकको पीडा , खाने अन्न छैन, बस्ने घर छैन

  • मंगलवार, आषाढ ३० २०७७

  • 848
    SHARES

  • पहिरोले विस्थापित नागरिकको पीडा , खाने अन्न छैन, बस्ने घर छैन

    जाजरकोटमा गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५ सय भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन्।

    ठेकेदारले स्वीकृत कोटा एक हजार ५७ क्विन्टल चामल यो आर्थिक वर्षका लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ। सदरमुकामको गोदाममा भने भरिभराउ चामल छ। ठेकेदारलाई जतिपटक चामल लिन आग्रह गरे पनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाई छ ।

    विद्यालय तथा पाल हालेर खुलाचौरमा ज्यान जोगाउन बसेका सर्वसाधारण आफन्त जोगाउनुको पीडाका साथै खानेकुराको अभावमा भोकै बस्नुपरेको बारेकोट गाउँपालिका–५ का मोहनजङ्ग शाहीले बताउनु भएको छ ।


    मंगलवार, आषाढ ३० २०७७०३:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij