Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
भागरथी हत्या प्रकरण

भागरथी हत्या प्रकरणमा सफलता कसरी मिल्यो ? के भन्छन् डिआइजी सुवेदी ?

भागरथी हत्या प्रकरणमा सफलता कसरी मिल्यो ? के भन्छन् डिआइजी सुवेदी ?

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.2K
    SHARES

  • भागरथी हत्या प्रकरणमा सफलता कसरी मिल्यो ? के भन्छन् डिआइजी सुवेदी ?

    काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले घटनास्थलको उपस्थिती र प्रकृति हेर्दा भागरथी भट्टको हत्या दिनेश भट्टले नै गरेको खुल्न आएको बताउनुभएको छ ।

    दिनेशले हत्या गरेको तर बलात्कार नगरेको भन्ने अभिब्यक्ति दिएकाले उक्त विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रहरी नायब महानिरीक्षक सुवेदीले भन्नुभयो,“प्रहरीले घटनाको सुक्ष्म र बृहत् अध्ययन गरेको थियो, ती दुबै किसिमका अध्ययन अनुसन्धानमा दिनेश भट्ट नै दाषी ठहरिएको हो, उसले हत्या गरेको तर बलात्कार नगरेको बताएकाले त्यसबारे विस्तृत अनुसन्धान भइरहेको छ ।”

    उहाँले बलात्कारजस्ता जघन्य अपराध बढ्नुको मुख्य कारण एउटा सामाजिक सञ्जालको दुरुपयोग भएको स्पष्ट पार्नुभएको छ । बालबालिकामा नैतिक शिक्षाको कमीले पनि यस्ता घटनालाई प्रोत्साहन गरेको प्र्रहरी नायब महानिरीक्षक सुवेदीको तर्क छ ।

    भागरथीको हत्या आरोपी दिनेश भट्टले घरायसी झगडाका कारण उक्त कदम चालेको बयान दिएकाले त्यसलाई अनुसन्धानको दायरामा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

    प्र्रहरी नायब महानिरीक्षक सुवेदीले कञ्चनपुरकी निर्मला पन्त प्रकरणका दोषी पनि छिट्टै कानुनको हिरासतमा हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

    माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि घर फर्किनन् । खोजी गर्दै जाँदा माघ २२ गते साँझ ५ बजे शव लवलेक जंगलको बाटोभन्दा तल उनको शव फेला परेको थियो । शव फेला परेसँगै भागरथीको बलात्कारपछि हत्या भएको शंका गरिएको थियो पछि पोष्टमार्टम रिर्पोटले पनि बलात्कारपछि हत्या गरिएको खुलेको थियो ।


    बिहिवार, फाल्गुण ६ २०७७०७:०९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij