Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

पत्रकार महासङ्घको २६ औँ महाधिवेशन आज, उपराष्ट्रपतिले उद्घाटन गर्ने

पत्रकार महासङ्घको २६ औँ महाधिवेशन आज, उपराष्ट्रपतिले उद्घाटन गर्ने

  • बुधवार, फाल्गुण ५ २०७७

  • 694
    SHARES

  • पत्रकार महासङ्घको २६ औँ महाधिवेशन आज, उपराष्ट्रपतिले उद्घाटन गर्ने

    काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशन आज (बुधबार) काठमाडौंमा सुरू हुँदैछ ।

    महाधिवेशनको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजे उपराष्ट्रपती नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    कोरोनाका कारण विधानको संक्रमणकालीन व्यवस्था अनुसार सिमित उपस्थितिमा महाधिवेशन गर्न लागिएको महासङ्घले जनाएको छ ।

    महाधिवेशनमा जिल्ला, प्रतिष्ठान तथा एसोसिएटका अध्यक्षहरू, प्रदेश समितिका पदाधिकारीहरू, केन्द्रीय समितिका सदस्यसहित र निवर्तमान केन्द्रीय समितीका सबै सदस्य र पदाधिकारी, सम्पूर्ण पूर्व अध्यक्ष तथा सभापति, प्रेस सम्बद्ध विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि र १५ जना वरिष्ठ पत्रकारको सहभागिता रहने महासङ्घका महासचिव रमेश बिष्टले जानकारी दिनुभयो ।

    आजै हुने बन्द सत्रमा महाचिव बिष्टले साङ्गगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष राजेश मिश्रले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नेछ्न ।

    यस्तै, महाधिवेशनले आगामी कार्यसमितीको रणनितीक योजना समेत पारित गर्नेछ । महधिवेशनले नयाँ नेतृत्व भने चयन गर्ने छैन ।

    यसपटकदेखि महासङ्घका सबै सदस्यले मतदान गर्न पाउने भएकाले एकै दिन जिल्ला, प्रदेश र केन्द्रीय समितीको चुनाव हुनेछ । केन्द्रीय महाधिवेशन सकिएको ३० दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने कानूनी प्रावधान छ ।


    बुधवार, फाल्गुण ५ २०७७०७:५३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij