Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

भागरथीको बलात्कार र हत्या गरेको विद्यालयकै एक छात्रले स्वीकारे, आजै सार्वजनिक गरिने

भागरथीको बलात्कार र हत्या गरेको विद्यालयकै एक छात्रले स्वीकारे, आजै सार्वजनिक गरिने

  • बुधवार, फाल्गुण ५ २०७७

  • 1.4K
    SHARES

  • भागरथीको बलात्कार र हत्या गरेको विद्यालयकै एक छात्रले स्वीकारे, आजै सार्वजनिक गरिने

    काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै सहपाठीले स्वीकार गरेका छन् ।

    दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेका हुन् ।

    स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई आज (बुधबार) बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

    गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी सम्पर्कबिहिन भएकि थिइन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

    भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

    भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् ।


    बुधवार, फाल्गुण ५ २०७७०६:५५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij