Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सपना रोकालाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

सपना रोकालाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 894
    SHARES

  • सपना रोकालाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

    काठमाडौं । बेवारिसे शव व्यवस्थापकका रुपमा चिनिएका विनयजंग बस्नेत पक्राउ परेका छन् । विनयलाई मंगलबार साँझ गोंगबु, नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो ।

    एससपी सिंहका अनुसार बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले धम्की तथा आफूविरुद्ध अश्लिल अभिव्यक्ति दिएको भन्दै दिएको जोहरीका आधारमा विनयलाई पक्राउ गरिएको हो ।

    लकडाउनको समय सँगै बेवारिसे शवको व्यवस्थापनमा खटिएका विनय र सपनाबीचको सम्बन्धमा पछिल्लो समय तिक्तता छाएको थियो ।

    विनयले सपनाबारे युट्युबरसँग नराम्रा टिप्पणी गरेका थिए । उनले एक युट्युब अन्तर्वार्तामा सपनाको अश्लिल फोटो देखाउने र मार्नेसम्मको धम्की दिएका थिए ।


    मंगलवार, फाल्गुण ४ २०७७०७:१६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij