Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग सकारात्मक

ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग सकारात्मक

  • सोमवार, फाल्गुण ३ २०७७

  • 1.0K
    SHARES

  • ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग सकारात्मक

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन । 

    उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । ‘‘सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर होइन अब प्रविधिबाटै काम हुने छ’’, महाशाखा प्रमुख जनकराज भट्टराईले भन्नुभयो ।

    प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्य समन्वयबाट क्रमशः प्रविधिको उच्चतम प्रयोगसम्बन्धी अभ्यास भइरहेको छ ।

    महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईका अनुसार ट्राफिकसम्बन्धी सेवाहरू प्रविधिमैत्री भइसकेका छन् । ट्राफिक कारबाहीसम्बन्धी जरिवाना, सवारी साधन हराएको वा चोरी भएको उजुरी, ट्राफिकसँग सम्बन्धित अन्य कागजपत्र लिनदिन ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

    महाशाखाले गत सातादेखि यी सम्पूर्ण सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    सोमवार, फाल्गुण ३ २०७७०६:३३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij