Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आज प्रणय दिवस, एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै

आज प्रणय दिवस, एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै

  • आइतवार, फाल्गुण २ २०७७

  • 968
    SHARES

  • आज प्रणय दिवस,  एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै

    काठमाडौं । आज प्रणय दिवस, नेपालसहित विश्वभर नै एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै छ ।

    हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

    विशेषगरी आज युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने गर्दछन । युवापुस्तामा भने प्रेम दिवस अलि बढी नै लोकप्रिय मानिन्छ ।

    यो दिवस इटलीका तत्कालीन तानाशाही शासक क्लाउडियसको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा मनाउन थालिएको किंवदन्ति रहेको छ ।

    भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको करिव दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए ।

    त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेबु्रअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको हो ।


    आइतवार, फाल्गुण २ २०७७०८:५८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij