Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जम्बु बाढीमा बेपत्ता १७ जनाको खोजी तीव्र

जम्बु बाढीमा बेपत्ता १७ जनाको खोजी तीव्र

  • सोमवार, आषाढ २९ २०७७

  • 793
    SHARES

  • जम्बु बाढीमा बेपत्ता १७ जनाको खोजी तीव्र

    बाह्रबीसे नगरपालिका-५, जम्बुमा असार २५ गते रातl भोटेकोशी नदी र एल्मो ठाडो खोलाको भीषण बाढीले बेपत्ता बनाएकाहरूको खोजी कार्य तीव्र बनाइएको छ । तर अहिलेसम्म बेपत्ता भएकामध्ये कोही भेटिएका छैनन् ।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले जम्बु बाढीपहिरोमा परेर १७ जना र भोटेकोशी गाउँपालिकाको बुलकुटेमा तीन जना अझै भेटाउन नसकिएको जानकारी दिनुभयो । विपद् व्यवस्थापन महासङ्घका २७ जना तालिम प्राप्त उद्धारकर्मी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्मी, सशस्त्र प्रहरी, स्थानीय लगायतबाट बेपत्ताको खोजी कार्य निरन्तर भइरहेको उहाँले बताउनुभएको छ ।

    सोमबार बिहानदेखि नै खोजी कार्य शुरु गरिएको छ । एस्काभेटर लगाएर निरन्तर खोजी गरेपनि बेपत्ता भेटिएका छैनन् । बेपत्ता भएका परिवारहरू दिनहुँ नदी किनारामा आएर बसिरहेका हुन्छन् । बाढी र पहिरोमा परिवारका सदस्य बेपत्ता भएका परिवारजनले पनि खोजी कार्यमा उद्धारकर्मीलाई सघाइरहेका छन् ।

    असार २६ गते बिहान ६ बजे भोटेकोशी गाउँपालिका-३, लार्चामा बाढी र माटोको लेदोले बगाएका ५७ वर्षीय नाप्चे मगर भने १० घण्टापछि स्थानीयले जीवित नै भेटाएका छन् । बुलकुटेबाट बगाएका चारमध्ये एक बालक साहिल तामाङ सुकुटेमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृतसमेत रहेका काफ्ले जानकारी दिनुभएको छ ।


    सोमवार, आषाढ २९ २०७७०४:२३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij