Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका विभिन्न ठाउँमा शनिबार र आइतबार बत्ती जाने

काठमाडौंका विभिन्न ठाउँमा शनिबार र आइतबार बत्ती जाने

  • शुक्रवार, माघ ३० २०७७

  • 842
    SHARES

  • काठमाडौंका विभिन्न ठाउँमा शनिबार र आइतबार बत्ती जाने

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा भोलि र पर्सि दिउँसो विद्युत् कटौती गरिने भएको छ ।

    सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

    नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले साँखु, गोठाटार र कोटेश्वरमा भोलि तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतवार विद्युत बन्द गर्न लागेको हो ।

    बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार भोलि बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत लाइन काटिनेछ ।

    त्यस्तै, भोलि नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ ।

    कपन फिडरअन्तर्गत पर्सि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत कटौती हुने केन्द्रले जनाएको छ ।


    शुक्रवार, माघ ३० २०७७१०:४२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij