काठमाडौं । युएनआई ग्लोबलमा आवद्ध नेपालका दशौं हजार सिप र सेवा क्षेत्रका कर्मचारीहरुले म्यानमारमा भएको सैन्य कुमाथि आपत्ति जनाएका छन् ।
युनियन नेटवर्क नेपाल समन्वय परिषद्ले नेपाल स्थीत म्यानमारको दूतावास मार्फत ध्यानाकर्षण पत्र बुझाउदै प्रजातन्त्र पुनर्स्थापनाका लागि अनुरोध गरेको हो ।
ध्यानाकर्षण पत्रमा म्यानमारको प्रजातन्त्र माथी गरिएको दखल र सैन्य नियन्त्रण आपत्तिजनक रहेको उल्लेख गरिएको छ ।
“प्रजातन्त्रको पक्षमा उभिदै तत्काल प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकी सहितका राजनीतिज्ञहरुको रिहा, संकटकाल घोषणा फिर्ता गर्दै प्रजातन्त्रविरोधी निर्देशनहरु हटाउन म्यानमारी सेनालाई आग्रह गर्दछौं,” युएनआईएनएलसी नेपालका तर्फबाट जारी पत्रमा उल्लेख छ ।
पत्रमा युएनआई नेपालका अध्यक्ष, शंकर लामिछाने, युनीमी नेपालका महासचिव जीवन भण्डारीसहित १८ संगठनका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् ।
म्यानमारका सैन्य प्रमुख मीन आङ लाइङलाई लेखिएको पत्रमा, “ट्रेड युनियन र मानव अधिकारवादी संगठनहरु प्रजातन्त्रको जग भएकाले प्रजातन्त्र बिना श्रमीक र मानविय विकास असम्भव रहेको”, उल्लेख छ ।
म्यानमारमा मानवधिकार, श्रमिक अधिकार र ट्रेड अधिकारलाई सुनिश्चित गर्न प्रजातन्त्रको पक्षमा कदम चाल्न म्यानमारको सेनालाई पत्रमार्फत आह्वान गरिएको छ ।