Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्रै

आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्रै

  • शुक्रवार, माघ ३० २०७७

  • 1.0K
    SHARES

  • आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप  मात्रै

    काठमाडौं । भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने छनोट भएका छन् ।

    आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप अटाएका छन् ।

    अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।

    तर, दिल्ली क्यापिटल्सले सन्दीपलाई यस सिजन रिलिज गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

    नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । नेपाल क्रिकेट संघ ९क्यान० मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका थिए ।

    अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए ।

    तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन् । आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना हुने छ ।

     

     


    शुक्रवार, माघ ३० २०७७०८:२६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij