Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा

  • सोमवार, आषाढ २९ २०७७

  • 835
    SHARES

  • अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा

    काठमाडौं । लगातारको वर्षापछि खसकेको पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत छुट्टाछुट्टै स्थानमा खसेको साना–ठूला पहिरो हटाएपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

    सेती दोभान, पन्ध्र किलो, सत्र किलो, गाईघाट, चार किलो लगायतका स्थानमा ठूला पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । यसका साथै, अन्य ६ स्थानमा गएको साना पहिरोहरु हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

    यस्तै, बिहान सत्र किलोमा १.५ फिट पिच सडक त्रिशूली नदीतिरको भागमा भासिएकोले एकतर्फी रुपमा मात्रै सडक सञ्चालन भएको थियो । प्रहरीले उक्त स्थानमा पनि सडक मर्मत भएको र सवारी आवागमन सुचारु भएको जनाएको छ ।


    सोमवार, आषाढ २९ २०७७०२:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij