Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
बैतडी : भागरथी भट्ट हत्या प्रकरण

अपराधी जो सुकै भए पनि कारबाही गछौँ : सिडिओ जोशी

अपराधी जो सुकै भए पनि कारबाही गछौँ : सिडिओ जोशी

अपराधी कुनै पनि हालतमा नउम्किने दावी !
  • आइतवार, माघ २५ २०७७

  • 653
    SHARES

  • अपराधी जो सुकै भए पनि कारबाही गछौँ :  सिडिओ जोशी

    काठमाडौं । बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भागरथी भट्टको हत्या घटनामा संलग्न अपराधीलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो “अपराधी जो सुकै र जस्तो सुकै भएपनि कारबाही गछौँ, अनुसन्धान जारी छ, छिटो–छिटोभन्दा दोषीलाई पत्ता लगाउन अपनाउनुपर्ने सबै विधिप्रक्रिया अपनाएर अनुसन्धान गरिहेका छौँ ।”

    घटनाबारे जानकारी प्राप्त गर्ने बित्तिकै घटनास्थल पुगेर वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको पनि उहाँले जानकारी दिनुभएको छ । अहिले पनि सम्पूर्ण संयन्त्र घटनास्थल वरिपरी परिचालन गरेर अनुसन्धान हुदैँ गरेको उहाँको भनाई छ ।

    प्रमुख जिल्ला अधिकारी जोशीले जघन्य अपराधमा संलग्न व्यक्तिलाई कसैले पनि राजनीतिक संरक्षण नगर्ने बताउँदै अपराधी कुनै पनि हालतमा नउम्किने बताउनुभएको छ ।

    विद्यालयबाट घर फर्कने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको विभत्स ढंगले हत्या गरिएको अवस्थामा जंगलको झाडीमा शव फेला परेको थियो ।

    घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिए पनि शवको पोष्टमार्टम नभएका कारण त्यसको पुष्टि हुन बाँकी छ ।

     


    आइतवार, माघ २५ २०७७०७:११:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij