Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
भागरथी हत्या प्रकरण :

के सुदूरपश्चिममा फेरि निर्मलाकाण्ड दोहोरिएकै हो ?

के सुदूरपश्चिममा फेरि निर्मलाकाण्ड दोहोरिएकै हो ?

  • शनिवार, माघ २४ २०७७

  • 1.5K
    SHARES

  • के सुदूरपश्चिममा फेरि निर्मलाकाण्ड दोहोरिएकै हो ?

    काठमाडौं । बैतडीमा बिहीबार हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला पर्यो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको हो ।

    भागरथी बुधबार घरबाट विद्यालय गएकी थिइन् । तर, साँझसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर उनको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको बैतडी प्रहरीले जनाएको छ ।

    भागरथीको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशंका गरेका छन्। भट्टको शव विभत्स अवस्थामा फेला परेकाले बलात्कार गरी हत्या गरेको हुन सक्ने मृतकका आफन्तहरुको दाबी छ ।

    तर, प्रहरीले भने हालसम्म अपराधी पत्ता लगाउन सकेको छैन ।

    यता, भागरथीको बलात्कार र हत्या प्रकरण पनि निर्मला पन्तकै जस्तो हुने हो कि भनेर विभिन्न आशंका हुन थालेका छन् ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री दीपक भट्टराईले भागरथीको पनि निर्मलाको जस्तै बलात्कारपछि हत्या भएको दाबी गर्दै यसप्रति सरकारको ध्यान जान नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    ‘विद्यालय गएकी बैतडीकी १७ बर्षिया भागरथी भट्ट घर फर्किनन् । उनको निर्मलाको जस्तै बलात्कारपछि हत्या भयो’, घटनाप्रति ध्यानाकर्षण गराउँदै उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दरबारमार्गमा सरकारको शक्ति देखायो। । सरकार ...! काठमाडौंमा ठाउँ सानो भए कृपया बैतडी जाऊँ ।’

    Capture.PNG

    त्यस्तै, महिला हिंसाविरुद्धकी अभियन्तासमेत रहेकी पत्रकार निशा ओलीले राष्ट्रपतिको मारमर्दन भयो भनेर हिजो गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जाने अखिल नेपाल महिला संघका नेतृहरु किशोरी बलात्कृत हुँदा मौन बसेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । उनले बलात्कार रहत्यामा संग्लग्नको फोटो तत्कालै सार्वजनिक गर्न मागसमेत गरेकी छिन् ।

    ‘हिजो रास्ट्रपति विद्या भण्डारीको मानमर्दन भयो भन्दै गृहमन्त्रीलाई बिज्ञप्ति बुझाउन जानेहरू आज कोही महिला बलात्कृत भएर मारिँदा किन चुप छौँ ?’, उनले फेसबुकमार्फत प्रतिप्रश्न गरेकी छिन्, ‘कहिलेसम्म हजारौं निर्मलाले यसरी नै ज्यान गुमाउनु पर्ने ? अब यसरी मारिने पीडित महिलाको होइन, पीडा दिएर मार्ने नरपिचासुको फोटो सार्बजनिक गर्न पाऊँ ।’

    Capture.PNG
    पछिल्लो समयमा सूदुरपश्चिम प्रदेशमा किशोरी बलात्कार तथा हत्याका घटना बढिरहेका छन् । ०७५ साउन १० गते कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । त्यो घटनाको दोषी अझै पत्ता लाग्न सकेको छैन । यसैबीच, सुदूरपश्चिमकै बैतडीमा अर्को घटना दाहोरिएको हो ।


    शनिवार, माघ २४ २०७७०३:१८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij