एकपटक भारतको मुुम्बईमा ‘श्रीमत् भागवत गीता च्याम्पियन लिग’ प्रतियोगिता भएको थियो । सो प्रतियोगिता पाँच सय जनालाई पछि पार्दै एकजना मुस्लिम छात्राले जितेकी थिइन् ।
म हिन्दू हँु ! म मुुस्लिम हुँ ! म बौद्धमार्गी हुँ ! म इसाई हुँ ! म शिख हँु ! यस्तै–यस्तै धर्मका सीमित नामाङ्कित परिभाषा मानिसहरुले गरिरहेको म सुुन्छुु । जब सीमित मानसिक सोच भएका मानिसहरुका कुुरा गरेको सुन्छु अनि उनीहरुलाई म खुुब नियाल्छु । एकछिन त म आफ्नो मस्तिष्कलाई भ्याए जति दबाब दिन्छु र सोच्दछुु के फरक छ यो धर्मभडुुुवाहरुमा ! सब काट्ने, ढाँट्ने र बाँड्ने कुुरा मात्र गर्छन् । एक धर्मले अर्को धर्मको कुुरा काट्छन् वा बाँड्ने नै कुुरा गरेको हुुन्छ । हामी यस्तो छौँ, हाम्रोमा उस्तो हुुन्छ । जस्ता विभिन्न नीति नियम र संस्कारका नाममा बटवारा गराइरहेको हुुुुन्छ । म त यो भन्छु – यो जति संसारमा धर्मभडुुवाहरु छन्, सब मात्र ढाँट्ने, काट्ने कुुुरा मात्र गर्छन् । जो यस्तो काट्ने, ढाँट्ने र बाँट्ने कुुरा गर्दैछन् भने त्यो धर्म धर्म होइन । धर्मको नाममा आडम्बर मात्र हो ।
धर्म भनेको धारण गर्नुु हो । स्वतन्त्र रुपले जो कहिल्यै बदलिँदैन । जुुन प्राकृतिक रुपले जन्मदेखि हामी लिएर आएको छौँ असलमा त्यही धर्म हो । जस्तै यो स्वास, यो हावा, यो सूर्य जे भए पनि आफ्नो नित्य दिनको कर्म आफ्नो छोड्दैनौ त्यही धर्म हो । यो समाजको हिन्दू, मुुस्लिम, बौद्ध जतिलाई हामी धर्म भन्छौँ, साँच्चिकै भन्ने हो भने त्यो धर्म होइन । त्यो सब समाजको रुढिवादी र हिंसाको मूुल जरो हो । त्यहीबाट सुुरु हुुन्छ अनेकौँ दंगा, हत्या, हिंसा ! यी माथिका सम्पूूर्ण धर्म समाजको रुढिवादी र हिंसाको बिउ हो । जुुन बिउ मानवको कोमल निर्दोष हृदय माटामा परेर दिन प्रतिदिन बिरुवाको आकारमा वृद्धि विकाससँगै समाजमा मूल जरो बनाएर बसेको छ । जसको दुुष्परिणाम आजको हाम्रो समाज र राष्ट्रलगायत सम्पूर्ण संसारमा त्राहीमाम भएको छ । दिनहुुँ धर्मको नाममा मारामार, काटाकाट भइरहेको छ ।
यो जीवन एउटा गाडी हो । जुुन नानाकथित अघि बढिरहेको छ । ९९.९ प्रतिशत् मानिसहरुको मात्र गाँस, बाँस, कपास नै जीवनको उद्देश्य रहेको हुन्छ । मात्र १ प्रतिशत हुुन्छ, जुन जीवनको गाँस, बास, कपास बाहेक अरु पनि उद्देश्य राखेका हुन्छन् । हाम्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रो यो नाशवान् मानव शरीर संस्कारमाथि आश्रित हो र संस्कार मनमाथि आधारित हुुन्छ । अर्थात हाम्र्र्र्रो शरीर एउटा दशढोका र दुुई पांग्रे लोभलाग्दो गाडीेचालक, त्यो चालकको आत्मालाई चलाउने वा डो¥याउने संस्कार हुुन्छ । संस्कार कै आधिपत्य जहिले रहेको हुन्छ । त्यही भएर हाम्रो समाजमा अनेकौँ पाप, रुढीवादी, हत्या, द्वन्द्व, हिंसा, भेदभाव व्याप्त छ । किनकि, आफ्नो मनको आधारमा, इच्छाअनुुसार अनेकौँ संस्कारको नाममा कुुुसंस्कार र विकृति भित्र्याइन्छ । हामी वा हाम्रा पूर्वज, अग्रजहरुले आफ्नो सुुविधा र सुुखअनुुुसार संस्कार र बनाएका छन् । जसमा अधिकार रह्यो । अशिक्षित गरिबलाई परजीवि किरा जस्तै रगत चुसिरह्यो । यो घटनालाई हेर्ने हो भने ब्राहम्णहरु अग्रपंक्तिमा रहेका छन् । समाजमा जति नीति नियम र संस्कार बनेका छन् ती सब ब्राहम्णको आफ्नो सुुख भोगमा आधारित भृछिन्छन् ।
वर्तमान समयमा धर्म संस्कृति र संस्कार भन्ने तीन शब्दको प्रभाव वा उदाहरणको आधारमा हेर्ने हो भने अग्रपंक्तिमा भारत र दोस्रोमा नेपाल आउँछ । अब हामी आँखा उठाएर हेरौँ–कति हिंसा र विभेद छ यी दुवै देशमा जहाँ–जहाँ धर्मको बोलबाला हुुन्छ, त्यहाँ–त्यहाँ अशिक्षा र रुढिवादी हुन्छ । म त भन्छुु यो धर्म र संस्कार सबभन्दा ठूलो शत्रु हुुन्छ शिक्षाको । हरेक कोणबाट शिक्षालाई रोक्ने प्रयास गरेको हुन्छ । सबभन्दा ठूलो मर्कामा महिला जाति परेको छ । सृष्टिको सुुरुवातदेखि महिलालाई हरेक धर्म र संस्कारको नाममा किल्चिएको छ । धर्मको आडमा शिक्षा ब्राम्हणसम्म मात्र सीमित रह्यो । इतिहास हेर्दा शिक्षालाई स्त्री र शुद्र वर्णबाट माइलौं टाढा राखिएको छ । शिक्षा लिनलाई शुद्र र महिलालाई अपवित्र मानिन्थ्यो । जसको परिणाम पितृसत्ताको बोलबाला र महिलाहरुलाई आजसम्म विभेद र हिंसाको भूमरीमा जीवन भौतारिएको छ ।
आजभन्दा करिब तीन वर्ष पहिलाको कुुरा हो । भारतको मुुम्बई सहरमा एउटा “श्रीमत् भागवत गीता च्याम्पियन लिग” भन्ने प्रतियोगिता भएको थियो । त्यो प्रतियोगितामा करिब ५००० छात्रछात्रा प्रतियोगी थिए । १०० पूर्णाङ्कमा परीक्षामा विषयगत र वस्तुुगत प्रश्न समावेश गरिएको थियो । जुुन प्रतियोगितालाई मुुम्बईको मात्र १२ वर्षकी बच्चीले जितिन् । अचम्मको कुुरा यो छ कि उनी एक मुुस्लिम धर्मबाट थिइन् । त्यो विलक्षण भएकी बच्चीको नाम मरियम आसिब सिद्दिकी थियो । एउटा मुुस्लिम परिवारमा जन्मिएकी नानी हिन्दूु धर्मको महान धर्मग्रन्थ गीतामा कति आकर्षण, कति गहन अध्ययन गरिन् र प्रतियोगिता जितिन् । यस उदाहरणलाई हेर्दा यो त प्रष्ट भयो कि कुुनै पनि धर्मले भेद गर्दैन । भेद त यो धर्मभडुुवाहरुले गर्छन् । यस घटनालाई हेर्दा त यो एउटा चमत्तकार नै हो । जनमानसमा एउटा सन्देश हो कुुनै भगवान् वा धर्ममा भेद छैन । संसारको हरेक धर्म समान छ । हरेक धर्मको सन्देश एउटै छ । भगवान् कुुनै पनि धर्मको भक्तमा तेरो–मेरो गर्नु हुन्न । यदि त्यस्तो हुुने भएको भए “श्रीमत भागवत् गीता च्याम्पियन लिग” को उपाधि मुुस्लिम केटी मरियमले जित्ने थिइनन् । मरियमले गीतासँगै कुुरान, बाइबललगायत अनेकौँ धर्म ग्रन्थहरु पढेकी छिन् । तर उनले कुुनै पनि धर्म ग्रन्थबाट भेदभाव सिककिनन् । अचम्मको कुुरा किताबसम्म हरेक ग्रन्थको आशय वा मूल सन्देश समान नै हुुुन्छ । जब त्यो पवित्र ग्रन्थ धर्मको रखवालाहरुको बीच आउँछ अनि ठीक उल्टो प्रतिक्रिया दिइहाल्छ । विभेद उत्पन्न भइहाल्छ । ती ग्रन्थहरुले जोेड्ने कुुरा गरे पनि त्यो ग्रन्थका ज्ञाताहरु कसरी बाँड्ने बुुझ्न थाल्छन् । नकारात्मक अर्थ प्रशारित कसरी हुुन थाल्छन् । धर्म के हो ? अनि सबभन्दा ठूलो धर्म के हो ? धर्म भनेको धारण गर्नु हो । यो पंगुु समाजको रीत वा विपरीत जुुन हाम्रा इच्छाहरु छन् त्यो सम्पूर्णलाई स्वतन्त्र भावले धारणा गर्नु नै हाम्रो सबभन्दा पहिला र ठूलो धर्म हो ।
शिक्षा भनेको अन्तनिहीत रहेको प्रतिभालाई प्रस्फुुटन गर्नु हो । चौतर्फी विकास गर्नु हाम्रो भित्रको अँध्यारोलाई मेटाएर उज्यालो छर्नु हो । सही र गलतको फरक छुुट्याउन सक्ने बनाउने, सत्मार्गमा हिडाउने, जीवनलाई सार्थक बनाउने । हामी तल्लो कक्षादेखि यस्तै–यस्तै परिभाषा पढ्दै अएकाछौँ । तर, अब यहाँ प्रश्न उठ्छ कि जुुन शिक्षा हामीले प्राप्त ग¥यौँ वा गर्दै आइरहेका छौँ, के त्यो शिक्षाले हाम्रो चौतर्फी विकास गरायो त ? हामीभित्रको अँध्यारो मेट्यो त ? होइन, भएन वा भयो भने के परिर्वतन भयो हाम्रो जीवनमा ? हामीले पाएको शिक्षाले समाजको समस्या निवारण भयो त ? यदि हाम्रो शिक्षा प्रभावकारी छ भने किन देशमा दिनहुँ हत्या हिंसा, दंगा र अन्याय भइरहेको छ । लाखाँै युुवा बेरोजगार छन् । सालै पिच्छे शिक्षा नीति नियम, पाठ्यक्रम परिवर्तन हुुन्छ । जसमा करोडौँ बजेट खर्च भइरहेको हुुन्छ तर उपलब्धि भने शूून्य छ । के हामीले लिएको शिक्षाले खाली बच्चा जन्माउने, समाजमा रुढी फैलाउँने, हिंसा गर्ने, अरुको छोरी–बहिनीमाथि बलात्कार जस्तो अक्षम्य अपराध गर्ने, राजनीतिको आड लिएर निर्दोष जनतालाई काट्ने, बाँट्ने र ढाँट्ने गुुण मात्र दिएको छ त ? यदि हाम्रो पाठ्यक्रमले यति मात्र हामीभित्रको गुुण प्रष्फुुटन गर्छ भने, हाम्रो शिक्षा नीति र पाठ्यक्रमको कुुनै औचित्य रहेन । शिक्षाको नाममा भएको करोडौँको बजेट सब निरर्थक रह्यो । तसर्थ, हालको शिक्षाको नीति नियममा परिवर्तन होस्, समयको मागअनुुसार शिक्षाको धार बदलियोस् । नैतिक शिक्षा पनि समावेश होस् । हाम्रो देशमा पनि यस्ता धार्मिक शिक्षाको प्रतियोगिता होस् । जुुन अतिआवश्यक रहेको देखिन्छ ।
नेपाल विश्वमाझ हिन्दू बहुल्यराष्ट्र नभेर चिनिएको भए पनि हामी हिन्दू भक्तहरु आफ्ना पवित्र ग्रन्थ पढ्दैनौँ । कति त यस्ता पनि छन् जो गीता भन्ने नामको बारेमा पनि जान्दैन । मलाई यहाँसम्म लाग्छ कति मानिस त जीवनभर गीता नपढेरै मृत्युुवरण गर्ने गर्छन् । दुुःखको कुुरा पूरै जीवन हिन्दू–हिन्दू भन्दै कराउँछ, धर्मको आडमा कति निर्दाेष आत्मालाई रुवाउँछ, आहत बनाउँछ तर असल जीवनमा टाढा–टाढासम्म हिन्दू धर्मसँग कुुनै सरोकार रहेको हँुुदैन । त्यसकारण हाम्रो राष्ट्रमा पनि भारत जस्तै पाठ्यक्रमसँगै त्यो बाहिर पनि सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पनि धार्मिक शिक्षाको प्रतियोगिता वा ज्ञान निखार्ने कार्यक्रम समय–समयमा गराउनुु अत्यन्त आवश्यक देखिन्छ । किनकि, वर्तमान् समय यति व्यस्त भइसकेको छ कि कुुनै मानिसलाई फुुर्शद छैन, गीता, पुुराण जस्ता किताब पढोस् । धार्मिक ग्रन्थप्रति कति नास्तिक र निरसताकोे भावना आइसकेको छ । यसरी धर्मसँग सम्बन्धित प्रतियोगिता र कार्यक्रम भयो भने जित्ने बहानामा पनि कमसेकम आफ्नो जीवनमा एकपटक विद्यार्थीहरुले पवित्र ग्रन्थको पाठ त गर्छन् नि ! के कस्तो छ एकचोटी हेर्ने मौका त पाउँछ । हामीभन्दा त लाखौँ गुुणा प्रतिबद्ध छन् मुुस्लिम र क्रिश्चियन धर्मावलम्बी । उनीहरु हरेकको घरमा कुुरान र बाइबल हुुन्छ र हरेकदिन पाठ गरेका हुुन्छन् । धर्मको बारेमा अनेकौँ मानिसले लेखेका छन् र लेख्दैछन् । तर पनि धर्मलाई लिएर दिनहुँ लड्दैछन् मानिुस । धर्मलाई लिएर मैले कतै छोटा–मीठा दुुईवटा शेर पढेकी थिए :
ऐ पेड, ऐ शाखे, ऐ पत्ते, भी परेशान हो जाएं ।
अगर परिंदे भी हिन्दूू और मुुसलमान हो जाएं ।।
कति ठूूलो सन्देश बोकेको छ यो माथिका दुुई शेरले । रुख, हाँगा, पात पनि हैरान भइहाल्छ यदि पंक्षीहरु पनि हिन्दू र मुुस्लमान भए भने । यी निमुुखा रुखहरुलाई कसरी न्याय गर्ने होला कसले–कसलाई आफ्नो हाँगामाथि बस्न दिन्छ भनेर ।
ना मस्जिदको जानते हंै, ना शिवालों को जानते हंै ।
जो भुखे पेट ह,ैं वो सिर्फ दो निवालाें को जानते हंै ।।
हाम्रो समाजका बुुद्धिजीवी र सम्पन्नहरुदेखि सडकको पेटीमा जीवन बिताइरहेका मानिसहरुलाई नियाल्नुु कति सटिक उदाहरण हो । जोे गरिब र भोको पेटको छ उनीहरुलाई त्यो मस्जिद र शिवालय जानेर के अर्थ ? उनीहरुलाई त मात्र आफ्नो भुोक र पेटको लागि मात्र दुुई गाँसको मतलब हुुन्छ । गरिबको भोको पेटले जान्दैन यो हिन्दूको पनि हो कि मुुस्लिमको । तिनीहरुलाई धर्मको छुवाछुुतभन्दा आफ्नो पेटको भोक ठूलो हुुन्छ । यो मस्जिद र शिवालयलाई जान्ने बुुझ्नेवाला हाम्रो समाजको जो सम्भ्रान्त र बुुद्धिजीवीको काम हो । जसको पेट भरेको हुुन्छ तिनीहरुलाई नै हो यो अनावश्यक जाति धर्मको कुुरा याद आउने । धेरै बुुद्धि भएको मानिसहरुले हो हाम्रो समाजमा अनेक रुढिवादीहरुको जरो जन्माउने । कस्तो अचम्मको कुुरा सृष्टिको सर्वश्रेष्ठ चेतनशील प्राणी मान्छेलाई भनिन्छ तर मानिसकै व्यवहार निच हुुन्छ । जति कुुकर्म गर्ने हो त्यो मानव जाति नै हो ।
(मधेश दर्पण फिचर सेवा)