Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आइपिएलको अक्सनमा नेपालका आठ खेलाडी, को–को छन् लिस्टमा ? (सूचिसहित)

आइपिएलको अक्सनमा नेपालका आठ खेलाडी, को–को छन् लिस्टमा ? (सूचिसहित)

  • शनिवार, माघ २४ २०७७

  • 955
    SHARES

  • आइपिएलको अक्सनमा नेपालका आठ खेलाडी, को–को छन् लिस्टमा ? (सूचिसहित)

    काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)क्रिकेट प्रतियोगिताको अक्सनका लागि नेपालका आठजना खेलाडीकोे नाम सिफारिस भएको छ ।

    आइपिएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषावकर, अविनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

    यीमध्ये लामिछानेले यसअघि आइपिएल खेलिसक्नुभएको छ । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपिएलमा लागि दर्ता गराएका हुन् ।

    यी नेपाली खेलाडीहरु आइपिएलका लागि छनोट हुन्छन् वा हुँदैनन् भन्नेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्नेछ ।

    can.jpg

     

     


    शनिवार, माघ २४ २०७७१२:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij