Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान यस्तो छ ?

आजको मौसम पूर्वानुमान यस्तो छ ?

  • शनिवार, माघ २४ २०७७

  • 3.4K
    SHARES

  • आजको मौसम पूर्वानुमान यस्तो छ ?

    काठमाडौं । आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

    पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

    उहाँकाअनुसार काठमाडौं उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुने छ ।

    हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाडौंमा पानी परेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको छ । 

    यो वर्षको हिउँदमा पानी ढिला गरी परेको त्यसमा पनि सामान्य किसिमको मात्रै परेको मौसमविद् सापकोटाको भनाइ छ । भोलिदेखि मौसम सुधार हुने पनि उहाँले बताउनुभयो । ढिलै भए पनि हिउँदे वर्षा र हिमपात भएपछि किसान खुसी भएका छन् ।

     




    शनिवार, माघ २४ २०७७०७:४८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij