Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
मौसम पूर्वानुमान

आज मौसममा बदली, भोलीसम्म पानी र हिमपातको सम्भावना

आज मौसममा बदली, भोलीसम्म पानी र हिमपातको सम्भावना

आइतबारदेखि भने मौसम खुल्ने पूर्वानुमान
  • शुक्रवार, माघ २३ २०७७

  • 1.4K
    SHARES

  • आज मौसममा बदली, भोलीसम्म पानी र हिमपातको सम्भावना

    काठमाडौं । आज बिहानैदेखि मौसममा बदली आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ ।

    महाशाखाका अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ । पानी पर्नुका साथै हिमपात भए पनि तापक्रममा भने अत्यधिक गिरावट आउने छन् ।

    आज दिउँसो र रातिसम्म सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बदली भई पानी पर्ने र हिमपात हुने क्रम भोलिसम्म जारी रहने छ । आइतबारदेखि भने मौसम खुल्ने महाशाखाको पूर्वानुमान छ । बिस्तारै तापक्रम पनि बढ्ने छ ।


    शुक्रवार, माघ २३ २०७७०८:३६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij