काठमाडौं । मंगलबार राति मनाङको नार केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५।३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबारे थप विवरण आउन बाँकी छ ।