Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कञ्चनपुर र कैलालीका रानाथारू समुदायले मनाए प्रथम रानाथारू सूचीकृत दिवस

कञ्चनपुर र कैलालीका रानाथारू समुदायले मनाए प्रथम रानाथारू सूचीकृत दिवस

  • मंगलवार, माघ २० २०७७

  • 941
    SHARES

  • कञ्चनपुर र कैलालीका रानाथारू समुदायले मनाए प्रथम रानाथारू सूचीकृत दिवस

    हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुर र कैलालीका रानाथारू समुदायले प्रथम रानाथारू सूचीकृत दिवस मनाएका छन् । गतवर्ष माघ २० गतेका दिन नेपाल सरकारले रानाथारू समुदायलाई आदिवासी जनजातिमा अलग्गै सूचीकृत गरेको अवसरमा प्रथम सूचीकृत दिवस मनाउन लागेका हुन् ।

    सूचीकृत दिवसको अवसरमा नेपाल रानाथारू समाज केन्द्रीय कार्यसमितिले मंगलबार कञ्चनपुरको कृष्णपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विघठित प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले लामो संघर्ष र बलिदानबाट रानाथारू समुदाय आदिवासी जनजातिका रूपमा अलग्गै सूचीकृत भएको बताउनु भयो ।

    त्यस्तै, नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले रानाथारू समुदायको सूचीकृत संगै रानाथारू भाषा सूचीकृत, व्याकरण तथा शब्दको निमार्ण एवं मुख्य पर्वहरूमा सार्वजनिक विदा लगायतका उपलब्धीमूलक कार्य भएको उल्लेख गर्नुभयो । रानाथारू समुदायलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गर्ने वर्तमान सरकार र सहयोगी सम्पूर्ण निकाय प्रति आभार व्यक्त गर्दै विभिन्न क्षेत्रमा रानाथारूका लागि आरक्षण कोटा र विभिन्न आन्दोलनमा ज्यान गुमाएका रानाथारू समुदायका व्यक्तिहरूलाई सहिद घोषणा लगायतमा माग अघि सारेको उहाँले बताउनु भयो ।

    सहिद भीमदत्त पन्तसंगै किसान आन्दोलनमा ज्यान गुमाएका कैदु राना र साधु राना, सामाजिक अगुवाइ गर्दा ज्यान गुमाएका नन्दलाल राना, दश वर्षे जनयुद्धको समयमा ज्यान गुमाएका विलाप राना, सुरेश राना, हापु राना, सर्जुन राना, गन्नु राना, दल्ला राना, कल्लु राना, फुल्टु राना, अनिता राना, लोहरा राना, देशराज राना र मंगल राना सहितमा व्यक्तिहरूलाई सहिदको रूपमा मान्यता दिनुपर्ने नेपाल रानाथारू समाजले सरकारसंग अनुरोध गरेको छ । २०६२-०६३ को जनआन्दोलनमा ज्यान गुमाएका होरिलाल रानालाई यसअघि नै सहिद घोषणा गरिसकेको बताइएको छ ।

    सुदूरपश्चिम प्रदेश सभा सदस्य श्यामलाल रानाले रानाथारू समुदायको एकमतका कारण सूचीकृत भएकोले निरन्तर एकताबद्ध भएमा मात्रै अधिकार स्थापित गर्न सकिने बताउनुभयो । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले रानाथारू सहितका अन्य समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि बहुसांस्कृतिक संग्राहलय निर्माण गरिरहेको बताउनु भयो ।

    उहाँले रानाथारू समुदायको स्थानीय पाठ्यक्रम र व्याकरण लगायतका विषयमा समेत नगरपालिका केन्द्रित रहेको उल्लेख गर्नुभयो । त्यस्तै, कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख रमिता राना बडायक सहितका अन्य वक्ताहरूले रानाथारू सूचीकृत भएको दिन ऐतिहासिक भएकोले यसलाई हर्षको पर्वका रूपमा मनाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।


    मंगलवार, माघ २० २०७७०७:४०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij