काठमाडौं । नेपालमा आज थप १७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ । हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप एकजना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।