Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रशारण बन्द भएको एक हप्ता नपुग्दै फेरी खुले भारतीय च्यानल

प्रशारण बन्द भएको एक हप्ता नपुग्दै फेरी खुले भारतीय च्यानल

  • सोमवार, आषाढ २९ २०७७

  • 779
    SHARES

  • प्रशारण बन्द भएको एक हप्ता नपुग्दै फेरी खुले भारतीय च्यानल

    काठमाडौं । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भारतीय मिडियामा जथाभावी समाचार आएपछि बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुलेका छन् । नेपाल र प्रधानमन्त्रीविरुद्ध तथ्यहीन र कपोल्कल्पित समाचार प्रशारण गरेका भन्दै सरकारले दिएको अनौपचारिक निर्देशनअनुसार भारतीय च्यानल बन्द गरिएका थिए ।

    म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानलबाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय गरेको हो । आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरिएको उहाँले बताउनुभयो ।

    ग्राहकको दबाब बढेकै कारण नेपालविरुद्ध खनिएका यी च्यनलबाहेक अरु खोलिएको हो र आवश्यक परे भोलि कुनै पनि बेला बन्द गर्न सकिने शर्माले बताउनुभयो । नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गरेकाले भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको थियो ।


    सोमवार, आषाढ २९ २०७७०१:२३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij