Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

४६ जना प्रहरी इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

४६ जना प्रहरी इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

  • सोमवार, माघ १९ २०७७

  • 1.4K
    SHARES

  • ४६ जना प्रहरी इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

    समितिले चिरन्जिवी दाहाललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । रेशम बोहरा, भोलाकुमार भट्ट, सुरज कार्की, सुवास बुढाथोकी, सन्तोष रोक्का र रबिन बिष्ट सहित ४६ जनालाई बढुवा सिफारिस गरिएको छ ।

    गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । गृहसचिव अध्यक्ष हुने बढुवा समितिमा गृह मन्त्रालयका सह–सचिव सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्य–सचिव रहन्छन् ।


    सोमवार, माघ १९ २०७७०६:१५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij