Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मोरङमा बाढी–पहिरोः दुईजना बेपत्ता, एकको मृत्यु 

मोरङमा बाढी–पहिरोः दुईजना बेपत्ता, एकको मृत्यु 

  • सोमवार, आषाढ २९ २०७७

  • 928
    SHARES

  • मोरङमा बाढी–पहिरोः दुईजना बेपत्ता, एकको मृत्यु 

    विराटनगर । मोरङमा बाढीका कारण जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । बाढी र पहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । रतुवा खोलाले बगाउँदा रतुवामाई नगरपालिका–७ डाँगीटोलका २४ वर्षीय अरुण ऋषिदेव आइतबार साँझ बेपत्ता भएका छन् ।

    इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीकाअनुसार तरेर झापाको गौरीगञ्जतर्फ जाने क्रममा ऋषिदेवलाई रतुवामाई ३ बाट खोलाले बगाएको हो ।

    रायमाझीकाअनुसार पौडी खेलेर तर्न खोज्दा ऋषिदेवलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनीसँगै खोलामा पसेका रतुवामाई–७ का बासु ऋषिदेव भने पौडीएर खोला तर्दै गौरीगञ्ज पुग्न सफल भएका छन् ।

    त्यस्तै मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको खानी गाउँमा पहिरोले पुरिएर एक महिला बेपत्ता भएकी छन् । शनिबारराति १० बजे गएको पहिरोले घरसँगै पुरिएकी महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । माथिबाट खसेको पहिरोले घरसँगै महिलालाई पुरेको जानकारी मात्रै प्रहरीलाई आएको छ ।

    सुगम जिल्ला मोरङको सबै भन्दा दुर्गम मानिने सिंहदेवीमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन । सञ्चार सम्पर्कबिहीन रहेको ठाउँमा घटनाबारे खबर पाउने वित्तिकै आइतबार हिँडेको प्रहरी टोली अहिलेसम्म घटनास्थल पुगेको जानकारी प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


    सोमवार, आषाढ २९ २०७७१२:४७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij