Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

किस्ता नलिने लाभग्राही सूचीबाट बाहिरिने

किस्ता नलिने लाभग्राही सूचीबाट बाहिरिने

  • आइतवार, माघ १८ २०७७

  • 1.2K
    SHARES

  • किस्ता नलिने लाभग्राही सूचीबाट बाहिरिने

    काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यतालिकाअनुसरा किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ ।

    प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्रहीमा समावे भूकम्पपीडितलाई पहिलो लिने अवधि गत १५ पुससम्म तोकेको थियो । त्यसअवधिसम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउन लागेको हो ।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत पुस १५ सम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउने बताउनुभएको छ । अन्तिम पटकका लागि भनेर तोकिएको समय भएको भन्दै अब म्याद नथप्ने उहाँले प्रष्ट पार्नुभयो ।

    यसअघि लाभग्राहीमा कायम भइ हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका निजी आवास पुनर्निर्माण गर्न इच्छुकले स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराइ १५ पुससम्म पहिलो किस्ता लिइसक्नुपर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

    प्राधिकरणले २०७७ माघ मसान्तत्रि पहिलो किस्ता लिएका सबै लाभग्राहीले दोस्रो किस्ताका लागि स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिइसक्नुपर्ने जनाएको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।


    आइतवार, माघ १८ २०७७०७:१२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij