Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमसीसी र भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन

एमसीसी र भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन

  • बुधवार, आषाढ १७ २०७७

  • 1.2K
    SHARES

  • एमसीसी र भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन


    काठमाडौं । एमसीसी, भ्रष्टाचार र बेथितिको विरुद्ध बुधबार (आज) विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, पीसीआर टेस्टमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेटसहित सडकमा उत्रिएका थिए ।

    उनीहरुले ‘सरकार हामीलाई गरी खान देउ’, ‘लकडाउन अवधिको घरभाडा छुट गरीपाउँ’, ‘नो एमसीसी’, ‘एमसीसी चाहिँदैन लागू गर्न पाइँदैन’, ‘पीसीआर परीक्षण गर्न पाउनु हाम्रो स्वास्थ्य सम्बन्धी अधिकार हो’, ‘सार्थक लोकतन्त्र बिना कुनैपनि राष्ट्र बन्दैन’, ‘सलुन खोल्न देउ’, ‘नागरिक आयोग गठन गर’ लगायत लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु उभिएका थिए।

     


    बुधवार, आषाढ १७ २०७७०४:३१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij