Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको अनामनगरमा ६५ रुपैँयामा खाना खान पाइने !

काठमाडौंको अनामनगरमा ६५ रुपैँयामा खाना खान पाइने !

  • शनिवार, माघ १७ २०७७

  • 1.7K
    SHARES

  • काठमाडौंको अनामनगरमा ६५ रुपैँयामा खाना खान पाइने !

    काठमाडौं । काठमाडौंको अनामनगरमा आजदेखि ६५ रुपैयामै खाना खान पाइने भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपाल नाम सामाजिक संस्थाले सस्तोमा खाना खान पाइने व्यवस्था गर्न लागेको हो ।

    न्युन आए भएका व्यक्तिलाई लक्षित गरी नाफा कमाउने भन्दा पनि सेवा दिने उद्धेश्यले सस्तोमा खाना उपलब्ध गराउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो ।

    सरकारले गत बर्षको चैतमा एक्कासी लकडाउन गरेपछि विचल्लीमा परेका गरिव तथा मजदुरहरुलाई खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै आएको संस्थाले नै अहिले “हाम्रो खाना घर” खोलेको हो ।

    खानाघरबाट भएको आम्दानीले तीनै गरिवहरुलाई निःशुल्क खाना खुवाउने उद्धेश्य रहेको अध्यक्ष पन्तले बताउनुभयो । दैनिक एक हजार जनालाई खाना खुवाउन सकिने उहाँको भनाई छ । खानाघर स्थापनाका लागि झण्डै २० लाख रुपैया खर्च भएको पनि उहाँले बताउनुभयो ।

    सस्तोमा खाना घर संचालन गर्न र गरिवहरुलाई निःशुल्क खाना खुवाउनका लागि विभिन्न समाजसेवीहरुले सहयोग गरेको हाम्रो टिम नेपालका सदस्य विश्वबन्दु भण्डारीले जानकारी दिनुभयो ।

    हाम्रो टिम नेपालले कपडा बैंक स्थापना गरेर गरिवलाई निःशल्क कपडा वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ ।

    कपडा बैंक काठमाडौका विभिन्न ठाउँसँगै काठमाडौ बाहिरका विभिन्न जिल्लामा समेत अहिले पनि सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो ।


    शनिवार, माघ १७ २०७७०७:४५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij