Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

वेपत्ता छानविन आयोगले पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ: गंगाधर अधिकारी

वेपत्ता छानविन आयोगले पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ: गंगाधर अधिकारी

  • शुक्रवार, माघ १६ २०७७

  • 800
    SHARES

  • वेपत्ता छानविन आयोगले पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ: गंगाधर अधिकारी

    बुटवल । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग सदस्य एवम् प्रवक्ता डा। गंगाधर अधिकारीले संक्रमणकालीन न्याय निरुपणका लागि आफूहरुको सक्दो काम गरिरहेको भन्दै पिडीतको पक्षमा काम गर्ने कुनै कसर बाँकी नराखेको बताएका छन् ।

    न्याय निरुपणका लागि उनले पिडित, सरोकारवाला, सरकार, राजनितिक दल र सबै पक्षको साझेदारी आवश्यक रहेको उनको भनाइ छ ।
    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने(आयोग पिडितका लागि हो,पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ ।’

    आयोगको छानबिन तथा अनुसन्धानको लागि पाँचजना आयुक्त र सिमित कर्मचारीबाट मात्र सम्भव नहुने बताउदै अधिकारीले पीडितमैत्री न्याय प्रदान गर्न सबैको सहयोगको अपेक्षा गरे ।

    समयमै ऎन संसोधन नहुनु र कोभिड १९ का कारण अपेक्षाकृत परिणाममुखी काम गर्न नसकिएको स्वीकार्दै अब बांकी अवधिमा आयोगले तीव्रताका साथ काम गर्ने बताए ।

    आयोगमा नेपाल भरीबाट दर्ता भएको उजुरीका आधारमा दुई हजार पाँच सय २२ जनाव्यक्ती बेपत्ता पारीएको तथ्याङ्क रहेको उनले बताए । जसमध्ये सबै भन्दा बढि बर्दिया जिल्लाबाट २ सय ८८ ओटा उजुरी आयोगमा दर्ता भएकोमा दुई सय ५५ उजुरीहरु विस्तृत छानविनका क्रममा रहेको प्रवक्ता अधिकारीले बताए ।

    लुम्बिनी प्रदेशमा बेपत्ताको संख्या ७ सय ३० रहेको र जसमा ६६६ पूरुष र ६४ महिला रहेको बताए । उजुरीको संख्या ७२१ रहेको उनले बताए ।
    आयोगको म्याद १० दिन बाँकी रहँदै गर्दा पीडितहरुलाई परिचयपत्र वितरण कार्यको आरम्भ गरेको छ ।

    बेपत्ता आयोगले सत्य तथ्य छानविन गरी तयार पारेको परिचयपत्र वितरण कार्यको शुभारम्भ बर्दिया जिल्लाबाट गरेको हो । कार्यक्रम रिपोर्टर्स क्लब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री को अध्यक्षतामा भएको थियो ।


    शुक्रवार, माघ १६ २०७७०७:५४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij