Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गुल्मीमा पहिरोले दुई जनाको मृत्यु, २४८ परिवार बिस्थापित

गुल्मीमा पहिरोले दुई जनाको मृत्यु, २४८ परिवार बिस्थापित

  • सोमवार, आषाढ २९ २०७७

  • 881
    SHARES

  • गुल्मीमा पहिरोले दुई जनाको मृत्यु, २४८ परिवार बिस्थापित

    गुल्मी । गुल्मी जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले दिएको जानकारी अनुसार वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । पहिरोले गाउँपालिकाको–१ मा १ सय ३६ घर, वडा नम्बर–४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर बिस्थापित भएको बताइएको छ ।

    पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ । बाढी पहिरोबाट हुनसक्ने क्षतीलाई मध्य नजर गरेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने तयारी थालिएको छ ।

    जिल्लाभित्र जुनसुकै पालिकामा हुने विपदको सामना गर्न प्रभावित पालिकालाई सबै पालिकाले आर्थिक भौतिक, तथा मानवीय सहयोग गर्ने निर्ण भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो । प्रभावित क्षेत्रमा राहत वितरणको लागि सरोकारवाला सबै संघसंस्था कार्यालयहरुले पालिकासँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र सहयोग गरिने भएको छ ।


    सोमवार, आषाढ २९ २०७७१०:१६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij