Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु

धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु

  • बिहिवार, माघ १५ २०७७

  • 1.6K
    SHARES

  • धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु

    काठमाडौं । हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ ।

    पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

    व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

    व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

    स्वस्थानी व्रत सुरु भएदेखि राजधानीको साँखुस्थित शालिनदीमा स्नान गर्नका लागि भक्तजन पुग्ने गर्छन् । शालीनदीमा माधवनारायणको मेलासमेत लाग्छ ।


    बिहिवार, माघ १५ २०७७०८:५९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij