Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

भूमिहीनहरुलाई जग्गा दिने प्रक्रिया सुरु, निवेदन दिन आयोगको आग्रह

भूमिहीनहरुलाई जग्गा दिने प्रक्रिया सुरु, निवेदन दिन आयोगको आग्रह

  • बिहिवार, माघ १५ २०७७

  • 4.8K
    SHARES

  • भूमिहीनहरुलाई जग्गा दिने प्रक्रिया सुरु,  निवेदन दिन आयोगको आग्रह

    काठमाडौं । सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाको थालनी गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीसँग विवरण संकलन गर्न सुरु गरेको छ ।

    भूमि सम्बन्धि समस्या समाधान आयोगले आज सूचना प्रकाशित गर्दै ३५ दिनभित्र आफु भूमिहीन भएको सबै कागजातसहित निवेदन दिन सवै भूमिहीनहरुलाई आग्रह गरेको छ ।

    आफूले बसोबास गरेको जग्गा पाउन भूमिहीनहरुले आयोगले तोकेको ढाँचाबमोजिमको निवेदन फारम भर्नु पर्ने व्यवस्था गरिएको छ । भूमिहीनले आफू बसिरहेको जग्गा प्राप्त गर्न स्थानिय तह मार्फत खटिएका कर्मचारी वा सम्बन्धित वडा कार्यालयमा सम्पूर्ण विवरण सहितको कागजात बुझाउन सक्ने आयोगले जनाएको छ ।

    सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन भन्दै एक वर्षअघि भूमिहीन सम्वन्धी ऐन पारित गरी आयोग गठन गरेको हो ।


    बिहिवार, माघ १५ २०७७०८:५६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij