Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
मेलम्ची खानेपानी आयोजना

मेलम्ची काठमाडौं आउन अझै तीन महिना लाग्ने

मेलम्ची काठमाडौं आउन अझै तीन महिना लाग्ने

  • बिहिवार, माघ १५ २०७७

  • 778
    SHARES

  • मेलम्ची काठमाडौं आउन अझै तीन महिना लाग्ने

    काठमाडौं । मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । 

    आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क एडीबीले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ ।

    पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्ने छ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिने छ । सुधारको काम गर्न एक महिना लाग्ने छ ।

    मेलम्ची खानेपानी विकास समितिका अनुसार फागुन पहिलो हप्ता सुधारको काम सकिने छ । सुधारको काम सकिएपछि पानी पथान्तरण तथा सुरुङको परीक्षण गरिनेछ । दुई महिना पथान्तरण गरिएपछि सुन्दरीजलमा पानी पठाइने छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्नुहुन्छ, “फागुन पहिलो हप्ता सुधारका काम सबै सकिन्छ, त्यसपछि दुई महिना सुरुङ टेस्टिङ गर्न लाग्छ अनि मात्र पानी आउँछ । ”

    मेलम्चीमा सुरुङ प्रवेशद्वार ९गेट०को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । हाल प्राविधिक टोलीले दिएको सुुझावअनुसार थप काम भइरहेको खत्रीले जानकारी दिनुुभयो । उहाँका अनुसार टोलीले सुरुङ फिनिसिङमा थप बलियो गरी काम गर्नुपर्नेलगायतका प्राविधिक काम गर्न सिफारिस गरेको छ ।

    खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “एडीबीको प्राविधिक टोलीले सुरुङको बेसलाइनको सुधार, भित्ता थप बलियो बनाउनुपर्नेलगायत सुरुङभित्रका सानातिना सुुधार गर्नुपर्ने सुुझाव दिएको छ । रिपोर्टले दिएका कुरा हामी अहिल्यै सम्बोधन गरेर जाने गरी काम भइरहेको छ । करिब एक महिनामा सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरणको प्रक्रिया अघि बढ्छ । ”

    मेलम्ची खानेपानी विकास समिति प्रवेशद्वार जडान गरी पानी पथान्तरणको तयारीमा रहेका बेला एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर पुसमा एक हप्ता अनुगमन गराएको थियो । समितिका अनुसार तीन चरणमा पथान्तरण गरिने छ । पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड पथान्तरण गरिने छ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिने छ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइने छ । 

    गत असारमा पानी पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार गेट खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । आयोजनाले अहिले सुरुङ प्रवेशको चारवटा प्रवेशद्वारको फ्रेम परिवर्तन गरी जडान गरिसकेको छ ।

    चारमध्ये सिन्धु र अम्बाथानको गेट जडान भइसकेको प्रवक्ता शाक्यले जानकारी दिनुभयो । सुन्दरीजलको गेट पानी पथान्तरण गर्दैगर्दा जडान गर्न सकिनेछ । हेडवक्र्स निर्माणको काम भइरहेको छ । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    बिहिवार, माघ १५ २०७७०८:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij