Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

विद्यालय व्यवस्थापन समितिको चुनाव विवादले बझाङमा एकजनाको हत्या

विद्यालय व्यवस्थापन समितिको चुनाव विवादले बझाङमा एकजनाको हत्या

  • बुधवार, माघ १४ २०७७

  • 956
    SHARES

  • विद्यालय व्यवस्थापन समितिको चुनाव विवादले बझाङमा एकजनाको हत्या

    काठमाडौं । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या भएको छ ।

    जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

    छविसपाथिभेरा–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

    खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने सोही ठाउँका प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

    हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरी शव जिल्ला अस्पताल सिमखेतमा राखिएको र शवको परीक्षण भने अहिलेसम्म नभएको बताइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।


    बुधवार, माघ १४ २०७७१०:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij