Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चौबिस मुलुकबाट हालसम्म २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

चौबिस मुलुकबाट हालसम्म २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

  • आइतवार, आषाढ २८ २०७७

  • 834
    SHARES

  • चौबिस मुलुकबाट हालसम्म २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

    काठमाडौं । कोरोना भाइरस महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु स्वादेश फर्किएका हुन् ।

    यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८८४ स्वदेश फर्किएका छन् ।

    प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका सात हजार ६६०, प्रदेश नं १ का पाँच ४७८, प्रदेश नं ५ का चार हजार ३४१, प्रदेश नं २ का चार हजार ३४४, गण्डकी प्रदेशका तीन हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ नेपाल फर्किएका छन् ।

    उद्धार उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए ।


    आइतवार, आषाढ २८ २०७७०४:५३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij