Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गरिने

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गरिने

  • आइतवार, माघ ११ २०७७

  • 1.1K
    SHARES

  • जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गरिने

    काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।

    करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।

    स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ ।

    केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले मध्यावधि निर्वाचनले जनगणना प्रभावित नहुने बताउनुभयो । उहाँले जनगणनाका लागि चार अर्ब बजेट आएको र त्यसमध्ये दुई अर्ब चालु आर्थिक वर्षमा र बाँकी दुई अर्ब पछि खर्च हुने जानकारी दिनुभयो ।


    आइतवार, माघ ११ २०७७०३:२६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij