Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दाङको देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश

दाङको देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश

  • आइतवार, आषाढ २८ २०७७

  • 848
    SHARES

  • दाङको देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश

    काठमाडौं । दाङको देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ । पूरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् ।

    किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको स्थानीयले बताएका छन् ।

    यसअघि १६ असारमा पनि देउखुरी क्षेत्रमा सलह किराले मकैबाली सखाप पारेको थियो । फेरि पनि सलह किरा आएपछि किसानहरु त्रसित भएका छन् ।


    आइतवार, आषाढ २८ २०७७०४:१७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij