Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिन विभन्न ठाउँमा बम फेला

विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिन विभन्न ठाउँमा बम फेला

  • शनिवार, माघ १० २०७७

  • 1.4K
    SHARES

  • विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिन विभन्न ठाउँमा बम फेला

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिन आज (शनिबार) देशका विभिन्न ठाउँमा बम फेला परेको छ । काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको रोशी गाउँपालिका नार्के स्थित वीपी राजमार्गमा सिलिन्डर बम र बनेपा नगरपालिका बुडोल स्थित सडक छेउँमा शंकस्पद वस्तु फेला परेको हो ।

    आज बिहान राजमार्गको बायाँ पट्टी सिलिन्डर बम बिस्फोट भएको हो । त्यस्तै बनेपामा झोलामा कुकर जस्तो देखिने वस्तु भेटिएपछि नेपाली सेनााको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

    यस्तै, सिरहामा पनि प्रेसर कुकर बम फेला परेको छ । जिल्लाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको हो ।
    आज बिहान पुलमा भेटिएको बम सेनाले डिस्पोज गरिएको जनाएको छ ।

    प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आज नेपाल बन्दको घोषणा गरेको दिन विभिन्न ठाउँमा यस्ता विष्फोटक वस्तु फेला परेको हो ।


    शनिवार, माघ १० २०७७०३:२७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij